भारतको प्रविधि तथा शिक्षा सहयोग कार्यक्रम (आइटीइसी)ले नेपालको जनशक्ति विकासमा ठूलो योगदान पु¥याएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् । भारतीय दूतावास र भारतीय सांस्कृतिक केन्द्रद्वारा संयुक्त रूपमा गत शुक्रबार आयोजित आइटीइसी तथा मौलाना आजाद दिवसको अवसरमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै शिक्षामन्त्री पौडेलले भारतको प्रविधि तथा शिक्षा सहयोग कार्यक्रमबाट नेपालीले निकै लाभ लिइरहेको बताए ।…