राजदूतद्वारा सहयोगको प्रतिबद्धता

मकवानपुरको दामनमा ‘कृषि पर्यटनको सम्भावना’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहानगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायको विशेष उपस्थिति थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रायले नेपाल र भारतबीचको सम्बन्ध उच्च तहमा मात्र नभई जनस्तरसम्म भएकाले दुई देशबीच प्रगाढ सम्बन्ध रहिरहने…