सशस्त्र प्रहरी बलको एक समूहबाट कपिलवस्तुको चन्द्रौटामा एक विकलाङ्ग महिलामाथि भएको बलात्कारको घटनाका सम्बन्धमा केन्द्रीय अनुसन्धान टोली गठन गरेर थप अनुसन्धान गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । गत जेठ ३० गते भएको सो बलात्कारको घटनामा धेरै प्रहरीको संलग्नता भएको भनिए पनि केवल दुई जनालाई मात्रै पक्राउ गरी कारबाही अगाडि…