सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि व्यवस्थापिका–संसदमा अब बहुमतीय प्रक्रिया सुरु हुने भएको छ । पूर्वानुमानअनुसार नै नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि आगामी बुधबार (साउन १९ गते) मतदान मिति तोकिएको छ । व्यवस्थापिका–संसद्को सोमबार बसेको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्रक्रिया अघि बढाउनेसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । राष्ट्रपति विद्यादेवी…