नारायण घिमिरे र रेज्शा खोतेजाले तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको टेबलटेनिसतर्फ स्वर्ण पदक जितेका छन् । दुवै काठमाडौं विश्वविद्यालय (केयू) का हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा नारायणले केयूकै टेन्डी शेर्पालाई ११–७, ११–९, १०–१२, ११–५, ४–११, ८–११ र ११–६ को सेटमा पराजित गरेका हुन् । महिला फाइनलमा रेज्शाले आफ्नै विश्वविद्यालयकी नम्रता…