बेल्जियमका मिडफिल्डर नासेर चेडलीले अतिरिक्त समयको ९४औँ मिनेटमा गोल गरेपछि बेल्जियमले एसियाली मुलुक जापानमाथि रोमाञ्चक विजय हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक प्रिक्वार्टर खेलमा बेल्जियमले जापानलाई ३–२ ले पराजित गरेको हो । पाँचवटै गोल दोस्रो हाफमा भएका हुन् । रोस्ताभ एरिना रंगशालामा भएको जापान र बेल्जियमबीचको खेलमा जापान शुभारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो…