चेसमान्डु र गोल्डेनगेट कलेजको समन्वयमा आयोजना भएको दोस्रो छात्रवृत्ति चेस प्रतियोगितामा अपराजित रही पायोनिरका सुदीप तामाङले प्रथम स्थान हासिल गरेका छन् । तामाङले पुरुषतर्फ ७ अङ्क हासिल गर्दै उपाधिमाथि कब्जा जमाएका थिए । तामाङले अन्तिम चरणमा बुटवलका यमकुमार कार्कीलाई पराजित गरेका थिए । सो प्रतियोगितामा ख्वपरिङ माध्यमिक विद्यालयका निकेण कुसथा दोस्रो र धरानका गौरव नेपालले…