एएफसी एसियन कप छनोट : आज नेपालले फिलिपिन्सको सामना गर्दै 

एएफसी एसियन कप छनोट अन्तर्गत आज घरेलु मैदानमा नेपालले फिलिपिन्सको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले आज अपरान्ह फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र फिलिपिन्सबिचको खेल अपरान्ह २ बजे सुरु हुने छ । एन्फाले नेपाल र फिलिपिन्सबिचको खेलको लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट मूल्य राखेको छ ।…