बीपीका नजरमा पिताजी कृष्णप्रसाद

– स्वयम्भूनाथ कार्की मानवले केही स्वभाव जन्मजात पाएको हुन्छ, केही पुख्र्यौली परम्परामा आउँछ अनि एक ठूलो भाग शैशवकाल र बाल्यकालमा भोगेका भोगाइबाट आउने गर्दछ । शैशवको स्मरण त सामान्यतया कसैलाई रहन्न, तर बाल्यकालको स्मरण भने कुनै न कुनै रूपमा आउने गर्दछ । समान परिस्थितिमा एकै परिवारमा पालिएका एकै बाबुआमाका सन्तानमा पनि स्वभावमा जुन अन्तर देखापर्ने…