यस्तो भएपछि कसरी हुन्छ विकास ?

मुलुकमा आर्थिक विकासले आवश्यक महत्त्व पाएन । राजनीतिक मुद्दाले आर्थिक मुद्दालाई सधैँ ओझेलमा पारिरह्यो । विगतमा बाह्य सल्लाहको आधारमा कतिपय नीतिगत गल्ती पनि भए । नेपालमा कृषिलाई दिइएको सहयोग, अनुदान रोकियो, तर भारतले उच्च आर्थिक वृद्धिको फलस्वरूप कृषिलाई बढी सहयोग र अनुदान दिन थाल्यो । फलत: हाम्रा किसानले आफैँ कृषि उत्पादन नगरी भारतीय बजारबाट किनेर…