हाम्रो हङकङ बसाई अब एकदिन मात्र बाँकी छ । भोलि हामी शेन्जेन, हङकङको सिमानापारि, चीनको द्रूतगतिमा फस्टाएको विशाल शहरमा घुम्न जाने योजना छ । म पर्वतमञ्चले दिएको सम्मान भोजबाट घर फर्कदा साढेदश बजिसकेको थियो । श्रीमती र शासु मलाई कुरिरहेका थिए । परिवारका अरु सबैजना निद्रादेवीको काखमा मस्त थिए । केहीक्षण कुरा गरेर विस्तरामा गएँ…