देशवासीहरूमा कठोर मानिसको छवि बनेका पूर्वराजा ज्ञानेन्द्र सुदूरपश्चिमका जनताले आँशु बगाएको देखेपछि आफू भावविह्वल भए । यही चैत १६ देखि २० गतेसम्म 'राजा'बाट भएको सुदूरपश्चिमाञ्चल भ्रमण विशुद्ध धार्मिक भनिए पनि त्यहाँका जनताले उक्त भ्रमणलाई भावनात्मक बनाइदिए । 'राजा' जहाँ-जहाँ गए त्यहाँ असाध्यै ठूलो भीड मात्र जम्मा भएन मानिसले आँखाभरि आँशुसमेत बगाएको आयोजक पक्षले जनाएको छ…