मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता-२

राष्ट्रियताको भावना तब प्रबल लाग्दछ, जब अन्य मुलुकमा आप्रवासी भई रहन बाध्य भइन्छ भनेर धेरै विद्वान्हरूले बारम्बार लेखेका, बोलेका छन् तर विदेशी मुलुक, खासगरी सम्पन्न विदेशी मुलुकमा रहने अनि भास्सिने प्रयत्नमा मानिस त्यही राष्ट्रियताको भावलाई तीर्ण अनि जीर्ण बनाउँछन् । नेपालमा राजा वीरेन्द्र परिवारको सर्वनास भएपछि समस्त राजनीतिमा पनि त्यसकै हाराहारीमा सर्वत्र विनासहरूको सुरुवात हुन…