माओवादीको कुटाइबाट प्रहरी घाइते

काठमान्डौं / आज दिउसो सुर्खेतको महेलकुनामा माओवादी लडाकुले स्थानीय बासिन्दा र प्रहरीलाई कुटपिट गरेका छन्। कुटाइबाट स्थानीय क्लबका अध्यक्ष हस्तबहादुर पुन, फुटबल खेलाडी यादव खत्री र अर्का एक युवाका साथै चार प्रहरी घाइते भएका छन्। प्राप्त जानकारीअनुसार दिउसो करिब ३ बजे माओवादी सेनाको छैटौँ डिभिजनमा कार्यरत् एक लडाकुसँग स्थानीय एक युवाको झगडा भएको थियो। नजिकैको…