झलनाथले गरे एउटा राम्रो काम

नयाँ जनवादी गणतन्त्रको पक्षमा रहेको माओवादीसँगको गठबन्धनमा सामेल भएका कारण लोकतन्त्रवादीहरूको आलोचना खेपिरहेका प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री बनेको डेढ महिनापछि एउटा अत्यन्त राम्रो काम गर्नुभएको छ । मुलुकले ऊर्जाको चरम सङ्कट झेल्दा पनि त्यसप्रति संवेदनशील हुन राज्यले नसकेको भनी चौतर्फी आलोचना र टिप्पणी भइरहेका बेला खनालले ऊर्जा सङ्कट समाधानका निम्ति लिनुभएको अग्रसरतालाई देशवासीहरूले उच्च…