संस्कृति मन्त्रालयको ध्यान जाओस्

श्रीमान् सम्पादकज्यू घटना र विचार साप्ताहिकमार्फत संस्कृति मन्त्रालयलाई यो पत्र लेख्दै छु । श्रीमान् संस्कृतिमन्त्रीज्यू सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, काठमाडौं महोदय त्यस मन्त्रालयद्वारा गठित 'नेपाल पञ्चाङ्ग निर्णायक समिति'बाट स्वीकृत भएका हरेक वर्षका पात्राहरू अशुद्ध र अवैज्ञानिक रहिआएको तथ्य जगजाहेर नै छ । ०६६ को माघेसङ्क्रान्तिमा प्रतिपदा तिथिमा ग्रहण लागेको (११ः४९ बजेसम्म…