अनेसासको प्रथम मासिक साहित्यिक जमघट

लण्डन । अनेसास, बेलायतको साहित्यिक जमघट कार्यक्रम हरेक महिनाको पहिलो सप्ताह गरिने निर्णयअनुरुप गत शनिबार-मार्च ५ तारिकका दिन, थेम्स एकाडेमीको सभाहलमा पहिलो साहित्यिक कार्यक्रम सम्पन्न भयो। उक्त जमघटमा सन्ध्या नायिका कथाकार श्रीमती जयालक्ष्मी राईले आफ्ना प्रकाशोन्मुख कथा संग्रह 'लण्डनका तरंगहरु' का चारवटा कथाहरु पढेर सुनाईन् । कथाकारबाट पढिएका कथाहरुका विभिन्न पक्षमा विभिन्न श्रोताहरुबाट सोधिएका प्रश्नहरुको…