‘प्रधानमन्त्री’ दिनुअघि विचार पुर्‍याऔँ है †

-वसन्तराज कुँवर लागूपदार्थ ओसार-पसारविरुद्धको दिवसको अवसर पारेर केही दिनअघि एक टेलिभिजन च्यानलले दुर्व्यसनविरुद्ध सञ्चालन गरिने विशेष अभियान र त्यसमा मन्त्रीज्यूहरूले जनाएका वचनबद्धताको प्रभावकारिताबारेमा आफ्नो धारणा राख्न पङ्क्तिकारलाई अनुरोध गर्‍यो । मैले भनेँ, 'मुखले बोलेर केही हुँदैन, ठूलाठूला कुरा गरेर पनि केही हुँदैन । देशमा दुर्व्यसनविरुद्ध मन्त्रीज्यूद्वारा छेडिएको अभियानबाट दुर्व्यसनी छोराछोरीका कारणले आफ्नै घरमा असुरक्षित महसुस…