भगवानलाई मुकुट दान

भारतको तिरुपति बालाजीस्थित भगवान् बेंकटेश्वर भारतकै सर्वाधिक सम्पन्नशाली तीर्थ–मन्दिरभित्र पर्छ र पनि बेंकटेश्वर भगवान्लाई यस युगमा चुक्ता हुनै नसक्ने गरी ऋण लागेको छ भन्ने मान्यता रहँदै आएको छ । आफ्ना परम् श्रद्धेय भगवान्लाई लागेको ऋणको मोचनका निम्ति भक्तजनले दिनहुँजसो भारी मात्रामा उक्त मन्दिरमा दान चढाउँदै आएका छन् । आफ्नो मनको इच्छा पूरा हुने आसमा दैनिक…