गत १७ गते बिहीबार (डिसेम्बर ३, २०१५)का दिन छिमेकी मित्रराष्ट्र भारतका विदेशमन्त्री सुष्मा स्वराजद्वारा ‘नेपालको अवस्था तथा भारत–नेपाल सम्बन्धको स्थिति’ सम्बन्धमा भारतको संसद्मा दिइएको अभिव्यक्ति : सम्माननीय अध्यक्ष, १. ‘नेपालको अवस्था तथा भारत–नेपाल सम्बन्धको स्थिति’बारेमा गरिएको ध्यानाकर्षण प्रस्तावमा मन्तव्य राख्नका लागि म उपस्थित भएकी छु । माननीय सदस्यहरूलाई पनि जानकारी छ– नेपाल र भारतबीच सदियौँ…