– सागर तपाईंको हराएको छोरा खोजी गर्ने जिम्मा देशको हो आमा द्वन्द्वमा मारिएका श्रीमान्को क्षतिपूर्ति तपाईंले पाउनुपर्छ आमा राजनीतिको रङमा छोडेको गाउँ फर्कन पाउनुपर्छ आमा भत्केको घरको क्षतिपूर्ति सरकारले दिनुपर्दछ आमा लालपुर्जा नभए’नि घर तपाईंकै हो भन्छ सर्जिमिनले आमा लालपुर्जा पनि जन्मँदै दैवले हातमा थमाइदिएका होइनन् नि आमा नियम र कानुन पनि ईश्वरले नै बनाइदिएका…