मेरो कविताको अन्त्य– अधिवक्ता जी.बी. आचार्य

सुन्नुस् न... ग्यास रित्तियो सुन्नु भो ? चामल सिद्धियो ! हेर्नुस् त छोराको झोला च्यातियो लौ न ! छोरीको जुत्ता फाट्यो ओहो ! विद्यालयबाट छोराछोरीको फी तिर्ने बिल आयो थाहा पाउनु भो... घरबेटीले यो महिनादेखि भाडा बढायो ला ! छोराको मोजामा प्वाल प-यो ज्या ! छोरीको ज्यामिति बाकस हरायो कविता लेख्न बस्दै गर्दा मलाई यी…