उच्चो पानसमा बलेर रहने आदर्श राम्रो दियो । राँकोझैं बनी लोकतन्त्र पथमा बस्ने उज्यालो मियो । ढाल्ने कोसिसमा कुनै छन् अझै यो विश्वमा निश्चय । थोरै काल गरून् राज उनको देखिन्न काहीँ जय ।।११।। यो संसारभरि यही चलनले ढाकिरहेको छ र । हाम्रो उज्ज्वल लोकतन्त्र सकिने ठान्ने कुरो छैन र । मूर्ख्याइँ यसमा गरे विविध…