शून्यतामा आफालिएको यादको कुनै टुक्रा मलाई ठक्कर दिन्छ अतितको शेषजस्तो कथाको पनि कथा भएर बाक्लिएको छ- मेरो कोठा । मेरो परिचय अलपत्र छ ठेगाना हराएको सडकमा मेरो मन हाहाकार गर्छ कोठाको काँचो वायुमण्डलमा । कोठा र कोठाको विषयवस्तु र टेबुलमाथिको कालो कफीको कप डरभन्दा पनि कडा छ जसरी कडा थियो- पूर्वपत्नीको जवानी र, म बिरि्सन्छु…