मतदातामा मृगतृष्णा जगाउने अस्वस्थ होडबाजी !

प्रतिबद्धतापत्र, बाचापत्र आदि विशेषण दिएर दलहरूद्वारा सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा उल्लेख गरिएका कैयन ‘बाचा’को मनन-मन्थन गर्दा हरेक सचेत नागरिकमा यस्तो भाव वा सवाल पैदा हुन्छ कि कस्तो मानसिकताले यस्ता सपनाका पुलिन्दा सिर्जना गरिएको होला ? प्रदेश एवम् प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको घरदैलो अभियान उत्कर्षमा छ । यस क्रममा सत्ता गठबन्धनका शीर्ष नेता माधव नेपालको ‘विना ढेवा…