श्रीमान् ‘वाम’ श्रीमती ‘काङ’ वा यस्तै- यस्तै विभाजन एकै ओछ्यानमा पनि देखिन थाल्यो । सिद्धान्त, दर्शन आदिले मात्र पनि दलहरूलाई सङ्गठन बनाउने बल पुगेन र जाति, सम्प्रदाय आदिमा सङ्घ-सङ्गठन भनेर विभाजन शुरु भयो । नेपाली अब नेपाली हुनुभन्दा हिमाली, पहाडी, तराईवासी हुन थाल्यो । जति चेतनास्तर बढ्दै जाँदैछ त्यति नै नेपाली भन्ने परिचय धुमिल हुँदैछ…