‘ओली-राजनीति’को तेस्रो इनिङ

ओली-देउवा सहकार्यमा दरार उत्पन्न हुनेछ । साथै देउवाको बैसाखी, आफ्नै कार्यशैली र ‘उत्तर-दक्षिण’को गम्भीर असहयोगपश्चात् ओली राजनीति ‘ग्यास्केटबिनाको प्रेसरकुकर’ बन्नेछ । ततपश्चात् उनको प्रेसरकुकरमा षडयन्त्रको दाल पाक्ने छैन । ✍ दीपेन्द्र पाण्डे नागरिकको असन्तुष्टि चुलिएको छ । सार्वजनिक आक्रोश र निराशा स्पष्ट छ । अर्थतन्त्रले नाटकीय उथलपुथल देखाउने अवस्था आएको छ । मुलुक विपद्तर्फ जाँदैछ…