मुलुक विभाजनको ‘खुसियाली’

नेपाली राजनीतिकर्मीहरूको योग्यता, क्षमता, दूरदर्शिता र इमानदारीको परीक्षण इतिहासले पटक–पटक गर्दा उनीहरू उत्तीर्ण हुन नसकेको जानकारी नेपाली जनता र नेपालका हितैषीहरूलाई नभएको होइन । तर, बहुसङ्ख्यक जनतालाई उपेक्षा गर्दै देश विघटनको जग राख्ने तहसम्मको बेइमानी सापेक्ष व्यवहार यिनीहरूबाट होला भन्ने सोचिएको थिएन, नसोचिएकै व्यवहार राजनीतिक नेतृत्वबाट प्रस्तुत भएको छ, त्यसैले अब देश रक्षाका निम्ति हामी…