धर्मनिरपेक्षता : धर्मलाई सामान्य जीवनसँग अलग राख्ने दर्शन– स्वयम्भुनाथ कार्की

१९औँ शताब्दीको मध्यतिर बेलायतसमेतका पश्चिमा मुलुकमा चर्चले राज्य व्यवस्थालगायत सर्वसाधारणको जीवनमा पनि गर्दै आएको हस्तक्षेप पीडादायक हुँदै गएको थियो । बेलायतको बर्निङघममा जन्मेका जर्ज जेकव होलेक यसको विरोधमा लागे । उनी परमेश्वरको अस्तित्व स्वीकार नगरेको आरोपमा जेल परे । उनले चलाएको पत्रिका बन्द गरियो । उनले नास्तिक भएको आरोपमा प्रसस्त प्रताडना खेपे । चाल्र्स साउथवेललगायतका…