नेपाली–नेपाली लडाएर कसलाई सञ्चो ? – सरोजबन्धु मगराती

नेपाल भयावह र क्षतविक्षत अवस्थामा छ । पछिल्लो लगभग आधा दशकको अन्तरालमा कहिले प्राकृतिक प्रकोपले त कहिले राजनीतिक प्रकोपले नेपाललाई तहसनहस बनाउने परिपाटी नै बस्यो । अझ ०७२ सालको प्रारम्भदेखि नै यस्ता दुःखद् घटनाहरू एकपछि अर्को गरेर घटिरहे । प्रलयकारी भूकम्पका तीनवटा महाआक्रमणबाट बचेका मानिसलाई आफ्नै देशका ‘महानेता’हरूले भाइले भाइलाई मार्न लगाएर महाविनाश निम्त्याउने प्रयास…