पञ्चधुरा : रोचक गन्तव्य

महोत्तरीको बर्दिबास पुग्ने जोकोहीका लागि एउटा नामलाई लिएर यो के रहेछ भन्ने खुल्दुली जाग्छ । पत्रिकाको नामदेखि गेस्टहाउससम्म, अटो वर्कसपदेखि पान पसलसम्म जताततै देख्न सकिन्छ, पञ्चधुरा । बर्दिबास पूर्वपश्चिम हाइवेमा भएकाले धेरै मानिस ‘पञ्चधुरा’ लेखिएका साइनबोर्डहरू हेर्दै त्यहाँबाट ओहोरदोहोर गर्छन् । कतिलाई चासो हुन्छ, कतिलाई यो के हो मतलबै हुँदैन । चासो राखे पनि त्यसको…