'जब पर्यो राति तब बूढी ताती' भन्ने उखानलाई चरितार्थ गर्दै समय छँदा पटक्कै नहतारिने तर समय गुज्रिँदै अन्त्यतिर पुगेपछि अति नै आत्तिने र हतारिने राजनीतिक दलहरूको प्रवृत्तिले अब पनि समयमै जनमुखी संविधान हात गर्छ कि पर्दैन भन्ने जनशङ्का यथावत् रहेको पाइन्छ । एकातिर जनतामा शङ्का रहनु र अर्कोतिर संविधानसभाको म्याद थप्नेबित्तिकै राजनीतिक दलहरू नयाँ सरकार…