बोली र बेथिति नियन्त्रण गर्ने कि ?

कुनै कुरा पाउन पहिले त्यसको कल्पना गर्नुपर्छ र कल्पनामाथि सोचविचार पुर्‍याएर उपाय लगाएपछि चाहेको हासिल हुन सक्छ । यो व्यवहारसिद्ध कुरा भए पनि कल्पना र प्रयत्न गर्दैमा सबै कुरा हात नपर्न सक्छ भन्ने पनि एक तथ्यकै रूपमा स्थापित छ । प्रयत्न गरेर पनि प्राप्त नहुने र कल्पनै नगरे पनि हात पर्ने परिस्थिति या संयोगहरू मानिसका…