राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागी हुने भनी हालै गरेको निर्णयप्रति सो पार्टीका महासचिव मनिषकुमार सुमनले गम्भीर असहमति जनाएका छन् । राजपाको गत ६ र ७ गते काठमाडौंमा सम्पन्न केन्द्रिय पदाधिकारी बैठकले गरेको निर्णयमाथि असहमति जनाउँदै नेता सुमनले फरक मत राखेका हुन् । पार्टीले गरेका निर्णय कार्यकर्ताको हैसियतले मान्नुपर्ने बाध्यता रहँदारहँदै पनि मन नपरेका…