अपहरण काण्डमा मुछिएका आफ्ना स्वकीय सचिवलाई बचाउन सञ्चारमन्त्री राम कार्की लागिपरेको सन्दर्भ यतिबेला चर्चाको विषय बनेको छ । जग्गाधनीलाई अपहरण गरी झापा बिर्तामोडस्थित करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा सञ्चारमन्त्री कार्कीका स्वकिय सचिव राजु आचार्य र दुई जना पत्रकार पनि तानिएका छन् भने जिप्रका झापाले माओवादी नेतासमेत रहेका अग्नि नामले चिनिने आचार्य र स्थानीय…