तराई तताउन एमालेको अभियान : सुखानीदेखि महेन्द्रनगरसम्म

प्रतिपक्षी नेकपा एमालेले तराई–मधेसको वातावरण आफ्नोअनुकूल बनाउन तराई–मधेस अभियान सञ्चालन गर्ने कार्यक्रम बनाएको छ । एमालेले आगामी फागुनको २१ गते झापाको सुखानीमा एक सभा गरी अध्यक्ष केपी ओलीबाट तराई–मधेस अभियान सुरु भएको घोषणा गर्ने कार्यक्रम तर्जुमा गरेको छ । सुखानीबाट एमालेका एक हजारभन्दा बढी नेता तथा कार्यकर्ता पश्चिमतर्फ लाग्ने र प्रत्येक पाँचदेखि सात किलोमिटरको दूरीमा…