‘दानवीर’ले बनाए निजी लगानीमा आँखा अस्पताल

गुल्मीमा एउटै व्यक्तिले करोडौँ रुपैयाँ खर्चेर जनतालाई आँखा अस्पताल बनाइदिएका छन् । गुल्मी, वामी–३ निवासी कृष्णहरि सापकोटाले एक रोपनी क्षेत्रफल जमिनका साथै एक करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुईतले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाइदिएका हुन् । ‘कृष्णहरि सापकोटा आँखा उपचार केन्द्र, वामी गुल्मी’को ब्यानरका साथ नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा.…