डा. कोइरालालाई अर्कोपटक बनाउने आश्वासन, यसरी पुगे ‘परराष्ट्र’मा प्रकाश

नेपाली काङ्गे्रसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाबाट अर्कोपटक परराष्ट्रमन्त्री बनाइने आश्वासन प्राप्त गर्नुभएको बुझिएको छ । प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै सम्भावित पराराष्ट्रमन्त्रीको रूपमा चर्चामा आउनुभएका डा. कोइरालालाई सभापति देउवाले सुरुमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पने सोच बनाउनुभएको थियो । तर, कोइराला स्वास्थ्यको जिम्मेवारी स्वीकार गर्न तयार हुनुभएन । देउवाले उहाँलाई परराष्ट्रमन्त्री नै बनाउने सोच पनि…