नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय कांग्रेसनिकटको भएका कारण कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएपछि भारतको राजदूत बन्न केही व्यक्तिहरूको दौडधुप सुरु भएको छ । यसरी दौडधुप गर्नेहरूमध्ये सबैभन्दा अगाडि ‘रहस्यमयी’ व्यक्तिका रूपमा चिनिने माधवप्रसाद घिमिरे रहेका छन् । नेपालका निमित्त भन्दा बाहिरी शक्तिका लागि उपयोगी रहँदै आएका माधव घिमिरे खिलराज रेग्मी नेतृत्वको सरकारमा रेग्मी स्वयम्को इच्छाविपरीत…