ओली नेतृत्वको सरकारले पक्षपातपूर्ण ढङ्गले आफ्नो दलनिकटका गैरसरकारी संस्थालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको सन्दर्भप्रति प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसले घोर आपत्ति जनाएको छ । भूकम्पपछिको पुनर्निर्माणमा भएको ढिलासुस्ती र अनियमितताबारे छलफल गर्न काङ्ग्रेसले मङ्गलबार भूकम्प प्रभावित १९ जिल्लाका सभापति, सांसद र त्यहाँ रहेका केन्द्रीय सदस्यको भेला बोलाएको थियो । भेलामा बोल्ने अधिकांश सहभागीले…