कामु प्रधानन्यायाधीश अमेरिकाको भ्रमण छोट्याएर हतारहतार नेपाल फर्कनु र सर्वोच्च अदालतका एघार न्यायाधीश नियुक्तका निम्ति भएको सिफारिसविरुद्ध परेको मुद्दा ‘लिङ्गरिङ’ हुनुका बीच के सम्बन्ध होला, न्यायिक क्षेत्रमा यो गम्भीर चासो र चिन्ताको विषय बनेको छ । अन्तरिम आदेश माग भएको मुद्दालाई प्राथमिकतामा राखेर निर्णय सुनाउनु सामान्य न्यायिक परम्परा हो, तर सम्मानित सर्वोच्च अदालतमा केही दिनयता…