राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा विभिन्न गुँड बनाएर क्रियाशील पूर्वपञ्चहरू एकीकृत बन्न भइरहेको प्रयास कमल थापाका कारण असफल भएको छ । लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाएर सबै पञ्च एकजुट हुने, चन्दकै नेतृत्वमा महाधिवेशनसम्म जाने र राजतन्त्र तथा हिन्दूराष्ट्रसहित अन्य एजेण्डाको विषयमा महाधिवेशनले टुङ्गो लगाउने गरी राप्रपा एकीकरणको अन्तिम चरणमा पुगेको थियो । यसै महिनाको पहिलो साता सम्पन्न…