असी वर्षीय सुशील कोइरालाले ‘ओल्ड इज गोल्ड’ भन्दै कांग्रेस सभापतिमा आफैँ उम्मेदवार बन्ने अग्रसरता लिनुभएपछि हालको संस्थापन पक्षभित्रै निराशा र अन्योल बढेको छ । कांग्रेसभित्र विचारक नेताका रूपमा समेत स्थापित उपसभापति रामचन्द्र पौडेलले सुशील कोइरालालाई यो साता पनि भेटी ‘पछि नहट्ने’ जानकारी गराउँदै सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो । कोइरालाले यसपटक पनि साथीहरूसँग सल्लाह…