युएईमा जारी टी–१० लिग क्रिकेटमा नेपाली ढुकढुकी सन्दीप लामिछानेले सोचेअनुरुपको खेल देखाउन सकेनन् । केराला नाइट्सबाट खेल्दै आएका सन्दीप चौथो खेलमा खिन्नता प्रकट गर्नुप¥यो । सन्दीपले पहिलो पटक सोमबार राति पञ्जाबी लिजेन्ड्स विरुद्धको खेलमा विकेट लिन सकेनन् । २ ओभर बलिङ गरेका सन्दीपले २८ रन खाए भने उनले १ छक्का र ५ चौका पनि खानुप¥यो…