जुडो सङ्घका उपाध्यक्ष महर्जन अब मेयर

कीर्तिपुर नगरपालिकाको मेयरमा विजयी नेपाल जुडो सङ्घका उपाध्यक्ष रमेश महर्जनलाई सङ्घले बधाई ज्ञापन गरेको छ । जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले महर्जनको जितले सारा जुडोकर्मीलाई खुसी तुल्याएको बताउँदै उनको कार्यकालमा खेलकुदले विशेष प्राथमिकता पाउने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष बज्राचार्य, जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठलगायतका पदाधिकारीले महर्जनलाई सफल कार्यकालका लागि शुभकामनासमेत दिएका थिए ।…