मन्त्रीले पत्रकारको गाला चड्काउने !

नेपालीमा एउटा चर्चित उखान छ– बाँदरको पुच्छर लौरो न हतियार । अहिले यो उक्ति युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीमा हुबहु लागू भएको छ । आफ्नो जिम्मेवारी निभाउन नसक्ने, आफूले पाएको हकअधिकार प्रयोग गर्न नसक्ने र पाएको जिम्मेवारी पनि अरूलाई सुम्पने कार्यले गर्दा श्रीपाली यो उक्तिका हकदार बनेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि गृह मन्त्रालयले…