युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको आदेशअनुसार तयार पारिएको खेलकुद ऐनको मस्यौदामा नेपाल ओलम्पिक कमिटीलाई खेलकुदको सर्वेसर्वा बनाइएको छ । उक्त मस्यौदाको परिच्छेद ६ को दफा १८ मा नेपाल ओलम्पिक कमिटीको व्यवस्था गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको उद्देश्यअनुरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम गर्न ओलम्पिक कमिटीको गठन गरिएको उल्लेख गरिएको छ । साथै दफा १८ बमोजिम एनओसी उत्तराधिकारवाला…