अम्बिका स्मृति जुडोमा पाम च्याम्पियन

बन्दी सहायता गृह (पाम)ले सातौँ अम्बिकाबहादुर क्षेत्री स्मृति उपत्यकाव्यापी क्याडेट तथा जुनियर जुडो प्रतियोगिताको उपाधि जितेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा १० स्वर्ण, एक रजत र एक कांस्य जितेको थियो । त्यस्तै दोस्रो भएको होप्याडले चार स्वर्ण, दुई रजत र एक कांस्य प्राप्त गरेको थियो । स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारको प्रायोजन तथा…