– श्रीविक्रम भण्डारी (गुवाहाटी) १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अहिले एमालेको मिनी महाधिवेशनमा परिणत भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका एमालेका कार्यकर्ताको बाक्लो उपस्थितिले गुवाहाटी सिलोङमा रातो सूर्य उदाएको प्रतीत भएको छ । खेलकुदमा कहिल्यै अनुहारै नदेखिएका र नामै नसुनिएका व्यक्तिहरू १२औँ सागमा झुल्किएपछि यो अन्तर्राष्ट्रिय प्रतियोगिता हो कि एमालेको महाधिवेशन छुट्याउन गाह्रो भएको…