स्वयम्भूनाथ कार्की वीरगन्जबाट लडाइँमा जितेर ल्याएको पचास लाख रुपैयाँले सङ्गठनमा फाटो ल्याउने छाँटकाँट भएपछि यो किचकिचले गर्दा रुपैयाँ हिन्दुस्थानले जफत गरिदेला भन्ने डर पैदा भयो । त्यसैले त्यो रुपैयाँ राजालाई सुम्पेर सुरक्षित गर्ने योजना बन्यो । राजा दिल्लीमा थिए हैदरावाद हाउसमा भारतीय सरकारको पाहुना बनेर बसेका, त्यहीँ पुर्याउन पटनाबाट प्लेनमा रुपैयाँ हालेर राति दिल्ली गए…